प्रतिनिधि सभाको कार्यसूचीमा तेजाब विधेयकदेखि बिरुवा संरक्षणसम्म

प्रतिनिधि सभाको कार्यसूचीमा तेजाब विधेयकदेखि बिरुवा संरक्षणसम्म

काठमाडौँ : प्रतिनिधिसभाको  मङ्गलवारको बैठकमा चार विधेयक छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। दिउँसो १ बजे बस्ने बैठकमा गृह र कृषि मन्त्रालयबाट २-२ विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उनले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ र बीउ बिजन  दोस्रो संशोधन विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

असार ७, २०७९ मंगलबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।