कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी

कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी

कञ्चनपुरः जिल्लाको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी भएको छ। ट्याङ्कर पूर्णरूपमा जलेको छ।

गए राति भीमदत्त नगरपालिका–१८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासि आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनसार ना४ख ७८८८ नंको उक्त ट्याङ्कर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासि आगलागी भएको हो।्

उक्त घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी (थारू) घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दमकलको सहायताले आगो निभाइएको थियो। आगो समयमै निभाउँदा नजिकैका घरहरूमा भने क्षति हुन पाएन।

असार ७, २०७९ मंगलबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।