सातै प्रदेशमा सनराइजको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ : वित्तीय साक्षरता बढाउन सनराइज बैङ्कले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नागरिकहरूमा बैंकिङ्ग सेवा सुविधाबारे चेतना बढाउन सो कार्यक्रमको आयोजना गरेको बैङ्कले जानकारी दिएको छ।
बैंकिङ्ग सेवा सुविधाको प्रयोगले कसरी जीवनस्तर विकास गर्न सकिन्छ, बचतको महत्त्व, कर्जाको सदुपयोग, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगायतका विषयमा साक्षरता कार्यक्रममा जानकारी दिइएको बैङ्कले जनाएको छ।
बैकले गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनवल, नेपालगन्ज र भैरहवा, कर्णाली प्रदेशमा वीरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैङ्कले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो।
केही समयअघि मात्रै बैङ्कले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरेको थियो। अभियान अन्तर्गत बैङ्कले यसै वर्ष २५ सय बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको जानकारी दिएको छ।
आगामी वर्ष कार्यक्रमलाई निरन्तरता दिँदै जाने बैङ्कका नायब महाप्रबन्धक रविन कुमार नेपालले जानकारी दिए।
असार ६, २०७९ सोमबार २३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।