शनिवार जेलमा रहेका गुन्डा नाइकेसँग साथी भेटाउने डिएसपी केसीमाथि कारबाही सिफारिस

शनिवार जेलमा रहेका गुन्डा नाइकेसँग साथी भेटाउने डिएसपी केसीमाथि कारबाही सिफारिस

काठमाडौँ : सार्वजनिक बिदाको दिन निर्माण व्यवसायी महासङ्घका तत्कालीन अध्यक्षको हत्यामा जेल परेका समिरमान सिंह बस्नेतलाई साथी भेटाएको आरोप लागेका डिएसपी मिलन केसीलाई विभागीय कारबाही हुने भएको छ।

शनिवारको दिन उनले केन्द्रीय कारागारमा रहेका बस्नेतसँग उनको साथी अमृत केसीलाई लगेर भेटाएको खुलेपछि काठमाडौँ प्रहरी परिसरले छानबिन सुरु गरेको थियो। भेटघाट गराउँदा उनी प्रहरी वृत्त, स्वयम्भूका प्रमुख थिए।

शनिवारको दिन कारागारमा रहेकालाई आफन्तसँग भेटघाट गर्ने सुविधा हुन्न। तर केसीले आपराधिक पृष्ठभूमि रहेका केसीलाई कारागारमा लगेर बस्नेतसँग भेटाएका थिए। सो सूचना चुहिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौँले उनलाई जिम्मेवारीबाट हटाएर एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

जेलमा रहेका गुन्डा नाइकेलाई भेट्दा अनुसन्धानमा तानिए स्वयम्भूका डिएसपी

सो समितिले सोमबार बुझाएको प्रतिवेदनमा केसीले प्रहरी आचरण विपरीतको काम गरेको निष्कर्ष निकाल्दै कार्यालय प्रमुख एसएसपी सुदीप गिरीलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा उनलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

असार ६, २०७९ सोमबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।