मेयर बालेन्द्र र रुटिन नेपाल बन्दको सम्बन्धबारे प्रश्न उठाइन आरजुले

काठमाडौँ : छोटो-छोटो सूचनासँगै स्पोन्सर्ड पोस्ट समेत गर्ने रुटिन अफ नेपाल बन्दले उम्मेदवार भएदेखि निर्वाचित भएपछि पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको गतिवधी उसैले ब्रेक गर्ने गरेको छ।
उसले निरन्तर मेयर बालेन्द्रलाई प्रमोट गर्ने सामाग्री सम्प्रेषण गर्दै आएको छ। नेपाल बन्दका घटना बढेको बेलामा नेपाल बन्दबारे सूचना राखेर युवामाझ लोकप्रिय भएको थियो। सो पेजले निश्चित शुल्क लिएर अन्य सामाग्रीहरू समेत पोस्ट गर्ने गरेको छ।
अर्को पेज छ डब्लुआरआर। बालेन्द्रको हरेक अफिसियल भेटघाटमा यी दुवै पेजका प्रतिनिधिहरू संलग्न हुने गरेका छन्। मेयर बालेन्द्रका सामाग्रीहरू निरन्तर व्यवसायी पेजबाट पोस्ट भइरहँदा स्वैच्छिक रूपमा हो या शुल्कसहित भन्ने खुलेको छैन।
यसबारे अब केन्द्रीय नेताहरूले समेत चासो राख्न थालेका छन्। नेपाली काङ्ग्रेसकी नेतृ आरजु देउवा राणाले एक कार्यक्रममा बालेन्द्रले रुटिन अफ नेपाल बन्दलाई हायर गरेको दाबी गरेकी छिन्। सोमबारको एक कार्यक्रममा उनले रुटिन अफ नेपाल बन्दलाई कतिमा कन्सल्टेन्सीका लागि हायर गरेको भन्ने प्रश्न गरेकी थिइन्।
'बालेन शाहको हेर्नुभयो सोसल मिडिया। रुटिन अफ नेपाल बन्दमा उहाँको बाहेक अरूको आउँदै आउँदैनथ्यो। राजनीतिमा एभ्रीथिङ फेयर भन्छन्। अहिले म ओपन्लि भन्न चाहन्न। यत्रो ठुलो आउटरिचका लागि उनले परिचालन गरे। उनले कतिमा कन्सल्टेन्सीका लागि हायर गरे? उनले भनिन्।
उनले अब अहिले कलाकारले पनि राजनीति गर्ने पत्रकारले पनि पत्रकारिता छाडेर राजनीतिमा आउने भन्दै भनिन्' हुन राम्रो हो रमाइलो पनि हुन्छ। विविध व्यक्ति विविध विचार बोकेर आउँछन्। तर देश बनाउने पार्टी नै हो।'
असार ६, २०७९ सोमबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।