नक्कली शैक्षिक प्रमाणपत्र बनाउने २ जना पक्राउ

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले गोरखा बारपाक सुलिकोट– ७ का ३७ वर्षीय विकाश अमगाईं, काभ्रे पनौती नगरपालिका–२ कुशादेवीका ३७ वर्षीय राजकुमार हुमागाईँ र वनस्थलीका ४० वर्षीय मोहन पुडासैनीलाई पक्राउ गरेको हो।
महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका हुमागाईँसँग बिएको र अमगाईंसँग प्रोफिसेन्सी डिग्रीको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ। कोइरालाका अनुसार अनुसन्धानमा नक्कली प्रमाणपत्र बनाउने धन्दा पुडासैनीले गरेका थिए।
असार ६, २०७९ सोमबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।