तिनाउमा बाढीले बगाएर ल्याएको शवको सनाखत

बुटवलः बुटवलको तिनाउ नदीमा बाढीले बगाएर ल्याएको शवको पहिचान खुलेको छ। नदीको प्रगतिनगर क्षेत्रमा बीचको भङ्गालोमा फेला परेको शव बुद्धनगरका स्थानीय ६५ वर्षीय किशोरबहादुर नेपालीको भएको प्रहरीले पुष्टि गरेको छ।
नदीको बहाव ठूलो भएको हुँदा घटनास्थलमा प्रहरी पुगे पनि केहीबेरसम्म शव निकाल्न सकिएको थिएन। गए राति तिनाउमा बाढी आएकाले शव बाढीले नै बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।
असार ६, २०७९ सोमबार ११:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।