तिनाउ नदीमा शव फेला, बाढीले बगाएर ल्याएको आशंका

बुटवलः तिनाउ नदीमा शव फेला परेको छ। नदीको प्रगतिनगर क्षेत्रमा बीच भङ्गालोमा एक जनाको शव फेला परेको हो।
शव बाढीले बगाएर ल्याएको आशंका गरिएको छ। गए राति नदीमा बाढी आएकाले त्यसैमा बगेर शव आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घटनास्थलमा प्रहरी पुगे पनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए।
असार ६, २०७९ सोमबार १०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।