मेलम्चीमा जडान गरिएको पूर्वसूचना प्रणालीको परीक्षण

मेलम्चीमा जडान गरिएको पूर्वसूचना प्रणालीको परीक्षण

काठमाडौंः मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ। मनसुनमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो।

मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालका अनुसार यस प्रणालीबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गर्छ भने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्छ।

मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो।

असार ६, २०७९ सोमबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।