रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा सिस्नेरी हुँदै काठमाडौं आउने सवारी प्रभावित

फाइल तस्बिर
काठमाडौंः मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका- ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ। पहिरोका कारण भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं रूटको सवारी आवागमन हिजो बेलुकीबाटै पूर्ण प्रभावित भएको छ।
अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पूर्णरूपमा बन्द भएको हो। हिजो बेलुकी पौने ८ बजेबाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ।
असार ६, २०७९ सोमबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।