देशका छुट्टाछुट्टै स्थानमा ७ जना मृत अवस्थामा फेला

देशका छुट्टाछुट्टै स्थानमा ७ जना मृत अवस्थामा फेला

काठमाडौँ : सुनसरी, नवलपरासी (पश्चिम), सप्तरी, नवलपरासी (पूर्व), रुपन्देही, मकवानपुर र तनहुँमा सात जना मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका–१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका–३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना चोकस्थित ना।६ ख ३३७२ नम्बरको ट्रकभित्र सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका–२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी ९पूर्व०को देवचुली नगरपालिका–९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका–१२ बस्ने ६२ वर्षीय रुप बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका–२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन्।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल पहिचान नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँको आबुखैरेनी गाउँपालिका–२ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन्।

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार ५, २०७९ आइतबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।