जुवातास खेलिरहेका १७ जुवाडे पक्राउ

काठमाडौँ : नवलपरासी (पूर्व) र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नवलपरासी (पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने फन बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
असार ५, २०७९ आइतबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।