सेयर ओरालो यात्रामै, आइतबार आँधिखोलाका लगानीकर्ताले कमाए, रिभर फल्सले गुमाए

सेयर ओरालो यात्रामै, आइतबार आँधिखोलाका लगानीकर्ताले कमाए, रिभर फल्सले गुमाए

काठमाडौँ : यो साताको पहिलो दिनको कारोबार नै सेयर लगानीकर्ताका लागि उत्साहजनक हुन सकेन। आइतबार सेयर बजार ओरालो नै लाग्यो। आइबार आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले घटेको छ।

गत साता बजार बन्द हुँदा नेप्से २ हतार तल ओर्लिएको थियो। आइतबार यो १९३४.११ बिन्दुमा पुगेको छ।

आइतबार २ सय २३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयरको किनबेच भएको थियो। कारोबार रकम १ अर्ब १३ करोड ४० लाख ९१ हजार मात्र  भएको छ।

आइतबार सेयर बजारमा आँधी खोला लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको छ। रिभर फल्स पावर लिमिटेडले सबैभन्दा धेरै गुमाएको छ।

उसले मूल्य ९.५६ प्रतिशतले घटेको छ। रिभर फल्सपछि बलेफी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडका सेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाए।

असार ५, २०७९ आइतबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।