एनएमबि बैङ्कको नयाँ योजना : मुद्दतीमा डब्बल प्रतिफल

काठमाडौँ : एनएमबि बैङ्कले व्यक्तिगत ग्राहकहरूको लागि आकर्षक मुद्दती योजना 'एनएमबि डबल मुद्दती' र 'एनएमबि जन्मभूमि डबल मुद्दती' योजना सार्वजनिक गरेको छ।
'एनएमबि डबल मुद्दती योजना' अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुने बैङ्कले जानकारी दिएको छ।
'एनएमबि जन्मभूमि डबल मुद्दती योजना' मा वैदेशिक रोजगारीबाट रेमिटेन्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैङ्कले जानकारी दिएको छ।
सोही योजना अन्तर्गत एनएमबि बैङ्कका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सकिने बैङ्कको जानकारी गराएको छ।
एनएमबि बैङ्क दि फिनान्सियल टाईम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधि ‘बैङ्क अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैङ्क हो। एनएमबि बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैङ्कको उपाधि ‘बैङ्क अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ।
एनएमबि बैङ्कको देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू रहेका छन्।
असार ५, २०७९ आइतबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।