रियलमीको जिटी नियो ३ र जिटी २ प्रो सार्वजनिक

काठमाडौँ : रियलमीले स्मार्टफोन रियलमी जिटी नियो ३ सँग प्रिमियम फ्लागिशिप रियलमी जिटी २ प्रो सार्वजनिक गरेको छ। कम्पनीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ प्रो को सफलता पछि रियलमी जिटी ३ प्रो सार्वजनिक गरेको जानकारी दिएको छ।
जिटी नियो ३ को सँगै, रियलमी जिटी २ प्रोे पनि आफ्नो पछिल्लो स्नापड्रागन ८ जेन १ प्रोसेसर र विश्वको पहिलो पेपर टेक मास्टर डिजाइनका साथ सार्वजनिक भएको छ। रियलमी जिटी नियो ३ र जिटी २ प्रोदराज र सबै मेनलाइन च्यानलहरूमा असार २२ देखि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
रियलमी जिटी नियो ३ लाई सबैभन्दा छिटो चार्ज हुने फोन भएको कम्पनीको दाबी छ। १ सय ५० वाट अल्ट्रा डार्ट चार्जले ५ मिनेटमा ०–५०% चार्ज गर्ने कम्पनीले दाबी गरेको छ।
रियलमी जिटी नियो ३ मिडियाटेक डाईमन्सिटी ८१०० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित स्मार्टफोनहरूको पहिलो फोन हो। टिएसएमसी को ५ एनएम निर्माण प्रक्रियामा आधारित, जिटी नियो ३ ले २.८५ गिगाहर्जले मा चार कोर्टेक्स ए ७८ कोर टिकिङ र २.० गिगाहर्जमा चार कोर्टेक्स ए५५ कोर टिकिङ गर्ने र यसले उच्च सिपियु दक्षता प्रदान गर्न र प्रभावशाली र स्थिर ९० एफपिएस प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।
ग्राफिक्स र तस्बिरहरू अविश्वसनीय रूपमा स्पष्ट र उच्च गुणस्तरको देखिने, विशेष रूपमा, चिप र एल्गोरिदम मार्फत बस्तु गतिको प्रक्षेपण अनुमान गरिएको र दुई फ्रेमहरू बिच एक गति क्षतिपूर्ति फ्रेम थपिएको कम्पनीको दाबी छ।
असार ५, २०७९ आइतबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।