तोलामा तीन सयले घट्यो सुनको मूल्य

तोलामा तीन सयले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ। आज छापावाल सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

असार ५, २०७९ आइतबार १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।