सडक भ्वाङ परेपछि डुम्रे–बेंसीशहर खण्ड अवरुद्व

सडक भ्वाङ परेपछि डुम्रे–बेंसीशहर खण्ड अवरुद्व

तनहुँः सडकमा भ्वाङ परेपछि डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्व भएको छ। भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप आइतबार बिहानको अविरल वर्षापछिको बाढीले बगाएपछि सडक भासिएर सवारी आवागमन रोकिएको हो।

खहरे खोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाएको छ। साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको ईलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले बताए।

यता बेंसीशहर-चामे सडक पनि अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

मनाङलाई लमजुङसँग जोड्ने एक मात्र सडक हाल अवरुद्ध बनेपछि आवातजावतमा समस्या उत्पन्न भएको छ।

असार ५, २०७९ आइतबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।