गौशालामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

गौशालामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु
साङ्केतिक तस्बिर

महोत्तरीः मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको मृत्यु भएको हो। 

उनलाई गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ। 

असार ५, २०७९ आइतबार १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।