प्रधानमन्त्री देउवाले आज अमेरिका भ्रमणबारे संसदीय समितिलाई जवाफ दिने

प्रधानमन्त्री देउवाले आज अमेरिका भ्रमणबारे संसदीय समितिलाई जवाफ दिने

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जवाफ दिने भएका छन्। प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणलाई लिएर प्रश्न उठ्न थालेपछि समितिले त्यसबारे स्पष्ट पार्न देउवालाई बोलाएको थियो।

समितिको शुक्रबारको बैठकले आजका लागि बैठकमा देउवालाई बोलाउने निर्णय गरेको थियो। आज बिहान १० बजे बस्ने बैठकमा एसपीपी (स्टेट पार्ट्नरशिप प्रोग्राम) बारे सरकारको आधिकारिक निर्णय र देउवाको अमेरिका भ्रमणको बारेमा छलफल तथा सवाल जवाफ हुनेछ।

असार ५, २०७९ आइतबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।