प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौंः नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका थिए।

रिटमाथिको अन्तिम सुनुवाइ जेठ ३० मै भए पनि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले बहस नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

मन्त्रिपरिषद्ले गत वैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। भोलिपल्टै पोखरेलले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

असार ५, २०७९ आइतबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।