चिप्लिएर बसका सहचालक खहरे खोलामा बेपत्ता

चिप्लिएर बसका सहचालक खहरे खोलामा बेपत्ता

चितवनः नारायणगढ–मुग्लिङ सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन्।

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ।

अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ।

असार ५, २०७९ आइतबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।