भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु

भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु

रुकुमपश्चिमः आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जीप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन्।

जीपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ। प्रहरीका अनुसार जीप अनियन्त्रित भई भेरी नदीमा खसेको हो।

असार ५, २०७९ आइतबार ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।