चार किलोमा पुन: पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

चितवन : नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन्।
शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुनः पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजे पन्छाएर बाटो खुलाइएको थियो। पहिरो खसेसँगै पुनस् सडक अवरुद्ध बनेको छ।
असार ४, २०७९ शनिबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।