उर्जा वचत गर्न बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

एजेन्सी : बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायीक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन्। यो नियम देशैभरी लागू गर्न पनि उनले अनुरोध गरेकी छन्।
प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका हुन्।
उर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने उद्देश्यले राती ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ।
पेट्रोलियम पदार्थको अभावका कारण मूल्य वृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो। बेलुका चाँडै बजार बन्द गर्दा विद्युत तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ।
असार ४, २०७९ शनिबार १५:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।