जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा चापागाईँ विजयी

बुटवलः जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा सत्ता गठबन्धनका उमाकान्त चापागाईँ निर्वाचित भएका छन्। शुद्धाेधनका चापागाईँ नेपाली कांग्रेसका नेता हुन्।
उनले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन्। १६ पालिकाकाे प्रमुख र उपप्रमुख गरी ३२ मतदाता रहेकाे रुपन्देहीमा चापागाईँले १७ मत पाएका छन्।
असार ४, २०७९ शनिबार १३:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।