सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

चितवनः नारायणगढ–मुग्लिङ सडक अवरुद्ध भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।
अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
असार ४, २०७९ शनिबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।