लोकन्थली मनोहरा चोकमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, एक घाइते

लोकन्थली मनोहरा चोकमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, एक घाइते

काठमाडौंः भक्तपुरको मध्यपुर थिमि नगरपालिका- १ लोकन्थली मनोहरा चोकमा गए राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरको धापाखेल बस्ने २१ वर्षीय विजय श्रीमाली छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार ललितपुरकै हात्तीवनका २२ वर्षीय रक्षक क्षत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा९८प ४२७० नम्बरको मोटरसाइकल गए राति १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरी वृत्त थिमि भक्तपुरले जनाएको छ।

असार ४, २०७९ शनिबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।