एकदिवसीय क्रिकेटमा इङ्ग्ल्याण्डको विश्व कीर्तिमान, बन्यो हालसम्मकै उच्च स्कोर

एकदिवसीय क्रिकेटमा इङ्ग्ल्याण्डको विश्व कीर्तिमान, बन्यो हालसम्मकै उच्च स्कोर

काठमाडौंः इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सबीच जारी एकदिवसीय श्रङ्खलामा विश्व कीर्तिमान बनेको छ। एकदिवसीय खेलमा हालसम्मकै उच्च स्कोर बनाएर इङ्ग्ल्याण्डले विश्व कीर्तिमान बनाएको हो।

५० ओभरको खेलमा पहिले ब्याटिङ गरेर इङ्ग्ल्याण्डले ४ विकेटको क्षतिमा ४९८ रन बनायो। यसअघि एकदिवसीयमा सर्वाधिक उच्च स्कोर ४८१ रनको थियो। यो पनि इङ्ग्ल्याण्डले नै अष्ट्रेलियाविरुद्ध सन् २०१८ मा बनाएको हो।

यस्तै तेस्रो उच्च स्कोर पनि इङ्ग्ल्याण्डकै नाममा छ। सन् २००६ मा पाकिस्तानविरुद्ध इङ्ग्ल्याण्डले ३ विकेटको क्षतिमा ४४३ रन बनाएको थियो।

गए राति सम्पन्न खेलमा इङ्ग्ल्याण्डका तीन खेलाडीले शतक बनाए। उत्कृष्ट फर्ममा रहेका जस बट्लरले ७० बलमै १६२ रन बनाए। उनी नटआउट रहे।

यस्तै डविड मलानले १२५ र फिल सल्टले १२२ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्डस् ४९.४ ओभरमा २६६ रनमै समेटियो। खेल इङ्ग्ल्याण्डले २३२ रनले जित्यो। यस्तै श्रृङ्खलामा १-० को अग्रता पनि बनायो।

असार ४, २०७९ शनिबार ०९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।