नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।
सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन्। आज थपिएकासँगै नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
असार ३, २०७९ शुक्रबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।