ओलीको मोबाइल निषेधको आदेश मानेनन् जनप्रतिनिधिले

काठमाडौँ : एमालेको स्कुल विभागले आयोजना गरेको जनप्रतिनिधिहरुका लागि प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम दुई दिन चल्यो। प्रशिक्षणमा सहभागी जनप्रतिनिधिहरुलाई प्रशिक्षण अवधिभर मोबाइल चलाउन बर्जित गरियो।
पार्टी अध्यक्ष केपीशर्मा ओलीले मोबाइल नचलाउन उर्दी जारी गरे। प्रशिक्षणको क्रममा जनप्रतिनिधिलाई मोबाइल हातमा लिन नपाइने भनेको एमालेले नोटप्याड र कलम लिनुपर्ने निमय बनाएको थियो।
उद्घाटन सत्रमा पहिले सूचित गरिएको थियो भने अध्यक्ष ओलीले उद्घाटन मन्तव्यमा मोबाइल चलाउन बर्जित गरेका थिए। मोबाइल झोलामा( पकेटमा कापी कलम हातमा तर ओली समापन उन्मुख सत्रमा मन्तव्य दिइरहँदा जनप्रतिनिधिहरु मोबाइलमा व्यस्त थिए।
असार ३, २०७९ शुक्रबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।