प्रधानमन्त्री देउवा सवार हेलिकप्टरमा बीच बाटोमै इन्धन सकियो, भैरहवामा आकस्मिक अवतरण

प्रधानमन्त्री देउवा सवार हेलिकप्टरमा बीच बाटोमै इन्धन सकियो, भैरहवामा आकस्मिक अवतरण

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टरमा इन्धन सकिएपछि आकस्मिक अवतरण भएको छ। सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी उडेको हेलिकप्टर भैरहवामा उत्रिएको हो।

प्रधानमन्त्री देउवालाई लिएर धनगढीका लागि उडेको हेलिकप्टरमा इन्धन सकिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा उत्रिएको जनाएको छ। इन्धन भर्नका लागि देउवा सवार हेलिकप्टर भैरहवा उत्रिएको हो।

इन्धन भर्नका लागि भैरहवामा करीब २० मिनेट हेलिकप्टर अवतरण गरेको हो। लामो दूरीका कारण भैरहवा इन्धन भरिएको बताइएको छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी उडेको उक्त हेलिकप्टरमा देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए।
 

असार ३, २०७९ शुक्रबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।