अमेरिका भ्रमणबारे प्रश्न उठेपछि संसदीय समितिले जवाफका लागि बोलायो प्रधानमन्त्रीलाई

अमेरिका भ्रमणबारे प्रश्न उठेपछि संसदीय समितिले जवाफका लागि बोलायो प्रधानमन्त्रीलाई

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जवाफका लागि बोलाएको छ। प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे प्रश्न उठ्न थालेको भन्दै त्यसबारे स्पष्ट पार्न प्रधानमन्त्री देउवालाई बोलाइएको हो।

समितिको आजको बैठकले असार ५ गतेको बैठकमा देउवालाई बोलाउने निर्णय गरेको हो।

आजै समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग पनि एसपीपी (स्टेट पार्टनरशिप प्रोगाम) सम्झौताबारे छलफल गरेको थियो।

त्यसक्रममा प्रधानसेनापति शर्माले तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा एसपीपीलाई चिठी लेखिएको तर सैन्य समझदारीका लागि नभएको दावी गरे।

यता परराष्ट्रमन्त्री खड्काले सरकार असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको भन्दै एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि नबढ्ने बताए। उनले सन् २०१९ पछि मात्र एसपीपी इण्डो-प्यासिफिक गठबन्धनमा जोडिएको उल्लेख गर्दै अब यसलाई अघि नबढाउने बताए।

असार ३, २०७९ शुक्रबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।