कालोपत्रे उप्कने भन्दै पाल्पा–बुटवल सडकमा टिपर चलाउन रोक

बुटवलः सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ। डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो।
राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षाको समयमा ठूला मालबाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्केर सडक जीर्ण बन्ने हुँदा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए।
सडकमा अत्यधिक भारवहन भएका टिपर सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ। यस सडकखण्डमा दैनिक सवारी साधनको चाप बढ्दो छ।
असार ३, २०७९ शुक्रबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।