प्रतिनिधि सभा बैठक आज पनि, गृहमन्त्री खाँणले विभिन्न विधेयक प्रस्तुत गर्ने

प्रतिनिधि सभा बैठक आज पनि, गृहमन्त्री खाँणले विभिन्न विधेयक प्रस्तुत गर्ने

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले आजको प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने भएका छन्। प्रतिनिधि सभाको एघारौं अधिवेशनको २६औं बैठक आज दिउँसो १ बजे बस्नेछ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार आज गृहमन्त्री खाँणले “सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९” प्रस्तुत गर्नेछन्। यस्तै उनले “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९” प्रस्तुत गर्नेछन्।

“नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९” लाई पनि गृहमन्त्री खाँणले प्रस्तुत गर्नेछन्।

यस्तै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले प्रतिवेदन पेश गर्नेछन्। “सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” र “बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” पेश गर्ने कार्यसूची रहेको छ।

असार ३, २०७९ शुक्रबार १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।