मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु

साङ्केतिक तस्बिर
कैलालीः जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुप प्र-०१-०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।
असार ३, २०७९ शुक्रबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।