वर्षासँगै मर्स्याङ्दीमा विद्युत उत्पादन २९ मेगावाटले बढ्यो

वर्षासँगै मर्स्याङ्दीमा विद्युत उत्पादन २९ मेगावाटले बढ्यो

काठमाडौंः मर्स्याङ्दी जलविद्युत केन्द्र विद्युत उत्पादन बढेको छ। अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित केन्द्रको उत्पादनमा वृद्धि भएको हो।

नदीमा पानीको बहाव बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो। यसअघि पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो।

हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले बताए। केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले विद्युत् उत्पादन भइरहेको छ।

तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन बढेको हो।उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

असार ३, २०७९ शुक्रबार ०८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।