प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा भीषण वर्षा हुने

प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा भीषण वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नम्बर १ र मधेश प्रदेशमा भीषण वर्षा हुने जनाएको छ। हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।

असार ३, २०७९ शुक्रबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।