पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता
साङ्केतिक तस्बिर

ताप्लेजुङः सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति खसेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्। वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारी बेपत्ता भएका हुन्। 

यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले बताए।

पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाय समेत पुरेको छ। थप विवरण आउन बाँकी छ।

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन्। 

असार ३, २०७९ शुक्रबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।