सूर्या लाइफ इन्स्योरेन्सको उत्प्रेरणा कार्यक्रमको समापन

सूर्या लाइफ इन्स्योरेन्सको उत्प्रेरणा कार्यक्रमको समापन

बुटवल : सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा आयोजना गरेको 'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मूलक कार्यक्रम' को सकिएको छ।

करिब दुई सय बढी अभिकर्ताहरु सहभागी कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरु सहभागी भएका थिए।

प्रदेश प्रमुख,किरण गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पङ्गेनीले आफ्ना सफलताका सूत्रहरू अभिकर्ताहरुमाझ सुनाएका थिए।

कार्यक्रममा सूर्या लाइफको 'मेरो पहिलो पोलिसी' अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए। 

असार २, २०७९ बिहीबार २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।