सिजी  ब्रान्डमा सिग्नेचर सिरिज 'सिजी मेरिडिया' : पाँच सय डिलर, दुई सय सर्भिस सेन्टर

सिजी  ब्रान्डमा सिग्नेचर सिरिज 'सिजी मेरिडिया' : पाँच सय डिलर, दुई सय सर्भिस सेन्टर

काठमाडौँ : सिजीले  आफ्नो ब्रान्डमा सिग्नेचर सिरिज 'सिजी मेरिडिया' ल्याएको छ। कम्पनीका अनुसार यो सिरिजमा टिभी, वासिङ मेसिन, एसी, रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्याँस स्टोभ, पङ्खा, एयर प्रायर जस्ता प्रिमियम प्रडक्ट रहेका छन्।

चौधरी ग्रुप अन्तर्गतको यो कम्पनीले यी प्रोडक्टहरुलाई कम्पनीले आफ्नो प्रिमियम प्रडक्टको सिरिजमा राखेको छ। २००५ देखि सिजीले टेलिभिजन र डिभिडीबाट इलेकट्रोनिक सामानको व्यवसायमा प्रवेश गरेको थियो।

पछि उसले होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, एसी, साना घरायसी सामानहरू, सिएफएल. बल्भ, एलईडी टिभी, एलईडि लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरू थप्दै गयो। छोटो समयमा नै कम्पनीले धेरै भन्दा धेरै सामानहरू आफ्नो ब्रान्डमा ल्याएर नेपालकै सबैभन्दा ठुलो इलेकट्रोनिक ब्रान्ड बनेको छ।

नेपालको एक मात्रै आईएसओ. ९००१ : २०१५ बाट प्रमाणित सिजी ब्रान्ड, गुणस्तरीय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चाहनालाई परिपूर्ति गर्ने प्रमुख दृष्टिकोण रहेको छ कम्पनीले बताउने गरेको छ।

पाँच सय बढी सामान

हाल सिजीमा पाँच सय भन्दा बढी लाईनअपमा सामानहरू उपलब्ध छन्। यी सामानहरू विक्री वितरण गर्न सिजीले आफ्नो डिलर नेटवर्क विस्तार गरिरहेको छ। अहिले नेपालभर पाँच सयभन्दा बढी डिलरहरू सिजीसँग अबद्ध छन्। करिब दुई सय भन्दा बढी सर्भिस सेन्टरहरू रहेकाले ग्राहकले सहजै सुविधा पाउने गरेका छन्।

सिजीले हालसम्म नेपालभर १३ वटा डिजिटल सोरुमहरु खोलिसकेको छ। जहाँबाट सिजीका कुनै पनि इलेकट्रोनिक सामानहरू किन सक्ने कम्पनीले जानकारी दिएको छ।

असार २, २०७९ बिहीबार १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।