फ्रान्स, जर्मनी र इटालीका सरकार प्रमुख युक्रनेको राजधानी किभतर्फ

एजेन्सीः फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनको राजधानी किभतर्फ गएका छन्। उनीहरू बिहीबार पोल्याण्डबाट किभ जाने रेलमा चढेको एएफपीले जनाएको छ।
एएफपीद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले किभको भ्रमण गरेको यो पहिलो पटक हो।
उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने छन्।
किभले ईयूको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण आएको हो।
असार २, २०७९ बिहीबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।