दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक: प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक: प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्माले आज बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिइने भएको हो।

रक्षा मन्त्रालयको जिम्मेवारी पनि हाल प्रधानमन्त्री देउवाकै रहेकाले देउवाले जवाफ दिने भएका हुन्। यस्तै देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित प्रश्नहरूको पनि जवाफ दिनेछन्।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

संसद् सचिवालयका अनुसार आजै अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत समेत गर्नेछन्।

असार २, २०७९ बिहीबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।