रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु
साङ्केतिक

तनहुँः आबुखैरेनी गाउँपालिका- ४ पावर हाउसस्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी टिपर खसेको छ। दुर्घटनामा परी टिपर चालकको मृत्यु भएको छ।

तनहुँको म्याग्दे गाउँपालिका- ६ मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको भरतपुरस्थित मेडिकल कलेजमा आज बिहान सवा ६ बजे मृत्यु भएको हो। 

मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको टिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो।

असार २, २०७९ बिहीबार ०९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।