बागमती प्रदेश सरकारले दिँदै आएको कृषि अनुदान खारेज

काठमाडौंः बागमती प्रदेश सरकारले दिँदै आएको कृषि अनुदान खारेज हुने भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
अब उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज हुने भएको छ।
कृषिलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायिकीकरण गरी रुपान्तरण गर्न कृषि तथा पशुपक्षी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिएको उनले बताए।
उनले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले अनुदान खारेज गरिएको बताए।
असार २, २०७९ बिहीबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।