इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्समा आइएमइको नयाँ अफर

इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्समा आइएमइको नयाँ अफर

काठमाडौँ : ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री 'जोड्दै छ नाता' अफर सार्वजनिक गरेको छ।

अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैङ्क डिपोजिट गर्ने पाँच जना सेवाग्राहीहरूलाई प्रतिव्यक्ति कर बाहेक २२  हजार रुपैयाँ उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।

यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रूपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ।

संयुक्त राष्ट्र सङ्घले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक सङ्कटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आएको हो। 

असार १, २०७९ बुधबार २०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।