कालिका मेडिकलका सञ्चालकलाई नाबालिग बलात्कार अभियोगमा सफाइ

चितवन : नाबालिकाको बलात्कार गरेको एक मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत चितवनले सफाइ दिएको छ। नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेमाथि लागेको बलात्कारको अभियोगमा सुनुवाइ गर्दै सफाइ दिने फैसला गरेको हो।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। काफ्लेमाथि कालिका मेडिकल तथा टेक्निकल कलेजकी एक छात्राले वैशाख १९ मा आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्।
जाहेरी दर्ता भएको भोलिपल्टै ती नाबालिगकाले जाहेरी फिर्ताको लागि पहल गरेकी थिइन्। अभिभावकको रूपमा उनको आमाले बयान दिन मानेकी थिइनन्। जाहेरी दर्तापछि पीडितले नै जाहेरी फिर्ताको प्रयास गरेपछि पीडित होस्टायल भएको प्रहरीले आशङ्का गरेको थियो।
२९ वर्षका काफ्ले जेठ १६ बाट पुर्पक्षको लागि थुनामा थिए।
असार १, २०७९ बुधबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।