फक्सवागन गाडिको सोरुम नक्सालमा

फक्सवागन गाडिको सोरुम नक्सालमा

काठमाडौँ : पूजा इन्टरनेसनल नेपाल प्रालीले नक्सालमा फक्सवागन गाडिको नयाँ सोरुम खोलेको छ। पूजा नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक हो।

नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा आएको हो। नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मीन बहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल सोरुम उद्घाटनमा सहभागी थिए।

पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधा सम्पन्न सोरुम खोल्न पाउँदा खुसी लागेको बताएका थिए। उनले सो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने बताए।

नयाँ सोरुम खुलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म फ्री सर्विसिंग पाउने छन्।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ। नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् ।

असार १, २०७९ बुधबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।