अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

चितवन : पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए।
अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
असार १, २०७९ बुधबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।