लुम्बिनी प्रदेश सभाको बैठक २५ मिनेटका लागि स्थगित

बुटवल : बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेश सभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ।
प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो।
बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमीश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए।
सभामुख पूर्ण घर्तीले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
असार १, २०७९ बुधबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।