मन्त्री बिमला वली प्रकरण : मुख्यमन्त्रीले जवाफ नदिएसम्म एमालेले बजेट प्रस्तुत गर्न नदिने

बुटवल : नेकपा एमालेले राज्यमन्त्री बिमलाकुमारी खत्री ओलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीले जवाफ नदिएसम्म सदनमा बजेट प्रस्तुत गर्न नदिने निर्णय गरेको छ।
नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो यस्तो निर्णय गरेको हो।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
मंगलबार राज्यमन्त्री ओलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ।
राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ।
असार १, २०७९ बुधबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।